
काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ । जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु वीन थ्रू अ क्लिक” अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले “टिभीएस बाइकर्स मेनिया” स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।
यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको बुटवलकी सुमित्रा न्यौपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस