
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको शत प्रतिशत हकप्रद शेयर फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउने भएका छन् ।
हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते एक दिन बुुक क्लोज भएकाले फागुन २१ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीले हाल कायम चक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजारको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस आधारमा कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजार छ ।
शतप्रतिशत हकप्रद विक्री गर्नका लागि कम्पनीले गत माघ २१ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो । कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।
हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख ४० हजार पुग्नेछ । यस कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट १३ दशमलव १० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
हकप्रद र बोनस पश्चात भने कम्पनीको चुक्तापूँजी रू. २ अर्ब कायम हुनेछ । हकप्रद निष्कासन तथा विक्री प्रबन्धकको जिम्वेवारी एनएमबी क्यापिटलले पाएको छ ।
प्रतिक्रिया दिनुहोस