aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफको हकप्रद शेयर मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
गुराँस लाइफको हकप्रद शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । 

नेप्सेले शत प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ४७० तोकेको  छ । 

कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य कायम गरेको हो । 

कम्पनीले १ बराबर १ को अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 


 

प्रतिक्रिया दिनुहोस