
काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ ।
साधारण सभाले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ नगद लाभांश ( कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारीत गर्ने भएको छ ।
कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितीको बैठकले एयरपोर्ट होटल सिनामङ्गलमा विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत ४ गते देखि २१ गते सम्म बन्द रहनेछ । चैत ३ गते सम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस