aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्वाभिमान र जनसेवी लघुवित्तको आईपीओमा कयौं गुणा बढीे आवेदन, कति पर्ला त ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
स्वाभिमान र जनसेवी लघुवित्तको आईपीओमा कयौं गुणा बढीे आवेदन, कति पर्ला त ?

काठमाडौं, जेठ १ । पछिल्लो समय लगाताररूपमा लघुवित्त कम्पनीहरुको साधारण शेयर (आईपीओ) निष्काशन भइरहेको छ । शेयर बजारमा लघुवित्त कम्पनीहरुको शेयर मूल्य उच्च रहेका कारण लघुवित्त कम्पनीहरूको आईपीओमा सर्वसाधारणको आकर्षण पनि उच्च नै हुँदै आएको छ । 


यसै सन्दर्भमा पछिल्लोपटक निश्काषन भएका स्वाभिमान लघुवित्त वित्तीय संस्था जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओमा मागभन्दा कयौं गुणा बढी आवेदन परेको छ । वैशाख मसान्तसम्म आवेदन दिने म्याद रहेका यी दुवै कम्पनीमध्ये स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३० दशमलव ४३ गुणा बढी आवेदन परेको छ । 

यस कम्पनीको आईपीओमा ३ लाख २७ हजार ९ सय २८ आवेदकले ६० लाख ४५ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि १ लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर जारी गरेको थियो । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता आवेदन गर्न सक्ने व्यवस्था थियो । 

त्यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओमा मागभन्दा १४ गुणा बढी अर्थात ३ लाख ३८ हजार ३७ आवेदकबाट ६१ लाख ८१ हजार ३ सय ८० कित्ताको आवेदन परेकोे छ  ।  कम्पनीले ४ लाख ३२ हजार ९ सय ९० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । यसमा न्यूनतम १० कित्ता र अधिकतम् १ हजार कित्ताको लागि आवेदन गर्न सक्ने व्यवस्था थियो । 
 

प्रतिक्रिया दिनुहोस