काठमाडौं । अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहमद खानले निर्देशन गरेको यो एक्सन प्रधान फिल्मले कोरोना भाइरसको त्रासको बावजूद पनि बक्सअफिसमा राम्रै कमाई गरिरहेको छ ।
शुक्रबारबाट रिलिज भएको फिल्मले पहिलो दिन नै १७ करोड ५० लाख भारतीय रुपियाँ कमाएको थियो। सुरुवात मै राम्रो कमाइ गरेको बागीले रिलिज भएको पाचौँ दिनमा ७५ करोड २५ लाख भारतीय रुपियाँ कमाएको हो ।
फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् । ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो । फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशिक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ । फिल्ममा रितेश पुलिस अफिसरको भूमिकामा छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।
प्रतिक्रिया दिनुहोस