aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ओपो एफ१५ नेपालमा सार्वजनिक गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
ओपो एफ१५ नेपालमा सार्वजनिक गर्ने घोषणा

काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोस्टमार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी बिस्तारै दिन थालेको हो ।

ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुप विक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धी टिजर पोस्टहरू देखापर्न थालेका छन् ।  

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । 

फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ१५ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ१५ ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा  एफ सिरिज अन्तर्गतकै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएतापनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी प्रचारप्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिएको छ ।

एफ सिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ११मा भने वाटरड्रप डिस्प्ले उपलब्ध गरिएको थियो । ओपो एफ११ सिरिजका दुवै फोनहरुलाई हेलियो पी७० एसओसीद्वारा सञ्चारित थिए भने प्रो भर्जनमा ६ जीबी र्‍याम र १ सय २८ जीबी आन्तरिक सञ्चय क्षमता र एफ ११मा भने ४ जीबी र्‍याम १ सय २८ जीबी रोम रहेको छ । फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलरओएस सिक्स दिइएको छ । 

‘हालसम्म कम्पनीले ओपो एफ१५का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी सदाझैं डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौं । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ,’ कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । तसर्थ नयाँ फोनको खोजीमा रहेकाहरूले फोनबारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा जान कम्पनीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस