
काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्प्रिङ बोनान्जा कार्यक्रम गर्दैछ । कार्यक्रम फागुन ३० गते शुक्रबारदेखि चैत २ गते आइतबारसम्म थापाथलीको टाटा मोटर्सको सो रुममा आयोजना हुनेछ ।
यस कार्यक्रमअन्तर्गत ग्राहकले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजीलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसेसोरिज, एक वर्षको सवारी कर, गाडीको डेलिभरीमा मोबाइल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम र डोर प्राइजको व्यवस्था गरिएको छ ।
यसैगरी कार्यक्रमअन्तर्गत प्रत्येक टेस्ट ड्राइभमा २ जनाको लागि चलचित्रको टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षणहरु रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस