
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पावर कम्पनीको बोनस तथा हकप्रद शेयरको मूल्य समायोजन भएको छ ।
५ प्रतिशत बोनस शेयर र ४६ दशमलव ७६५ हकप्रद शेयरको सामायोजन पछिको मूल्य रू. ११४ दशमलव ५० तोकेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शनिवार बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट माईतिघरमा साधारण सभा आयोजना गर्दैछ ।
सभाले ५ प्रतिशत बोनस शेयर साथै ४७ दशमलव ६२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
अपि पावरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाखको आधारमा १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर जारी गर्न फागुन १२ गते बोर्डको अनुमति पाएको हो ।
प्रतिक्रिया दिनुहोस