
काठमाडौं । तरकारीको मूल्य सामान्यरुपमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सोमवार सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५०, लसुन ३२० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।
त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।
यस्तै भेडे खुर्सानी १३० लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।
त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।
त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४०, मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस