aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वोमी माइक्रोफाइनान्सको २ दिनको कारोबार रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
वोमी माइक्रोफाइनान्सको २ दिनको कारोबार रद्द

काठमाडौं । वोमी माइक्रोफाइनान्सको आइतबार र सोमबारको कारोबार रद्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनसपछिको मुल्य समायोजनमा त्रुटी गरेकाले बुक क्लोजपछि दुई दिनको कारोबार रद्द हुनसक्ने नेप्सेकी सहायक प्रवक्ता आकृति दंगालले आर्थिक न्युजडटकमलाई बताइन ।  

वोमी माइक्रोफाइनान्सले नै पहल गरिहेकाले उक्त दिनको कारोबार रद्द हुन्छ तर, नेप्सेले औपचारिक रुपमा घोषणा भने नगरिसकेको उनले बताइन । 

नेस्सेको त्रुटि यस्तो थियो 
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको  शेयर खरिद गर्ने लगानीकर्ता ठगीएका छन् । वोमीको २०७५ असार मसान्तसम्ममा चुक्ता पुँजी १० करोड १०लाख ८८ हजार रुपैयाँ रहेको थियो । संस्थाको सतप्रतिशत हकप्रद शेयर र नागरिक लघुवित्तसँग मर्जपपछि कम्पनीको चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको सञ्चालक समितिले हकप्रद र नागरिक लघुवित्तका लगानीकर्तालाई पन्छाउँदै १० करोड १० लाख ८८ हजार चुक्ता पँुजीलाई नै आधार मानेर बोनस दिने प्रस्ताव पास गर्यो ।  १० करोड १० लाख ८८ हजार चुक्ता पुँजीलाई नै आधार २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्यो र चैत्र १६ गते हुने साधारणसभाका लागि २९ गते बुक क्लोज समेत गरेको छ । तर, उक्त बोनसपश्चातको  मुल्य समायोजनमा पनि १० करोड १० लाख ८८ हजार चुक्ता पँुजीकै आधारमा मुल्य समायोजना समेत गरेको छ । कम्पनीले आम लगानीकर्तालाई चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ वा १० करोड १० लाख ८८ हजार चुक्तापुँजीका आधारमा बोनस २५ प्रतिशत प्रस्ताव गरेको भन्ने भ्रममा पारिरहेको छ । 

 साधारणसभाका लागि गरिएको मुल्य समायोजनले आम लगानीकर्तामा अन्यौलमा  परेको छ । कम्पनीले १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीका आधारमा बोनस वितरण गरेको भए (२ करोड ५२ लाख ७२ हजार रुपैयाँ)को २५ प्रतिशत भनेको भए नागरिक लघुवित्त र हकप्रद भर्ने लगानीकर्ताले उक्त कम्पनीको बोनस शेयर नपाउने रु कम्पनीको सञ्चालक समितिले नेपाल स्टक एक्स्चेञ्ज र राष्ट्र बैंकमा पठाएको सूचनामा २५ प्रतिशत लाभांश भनेर पाएको छ ।  तर, बजारमा भने बोनस दर १० वा २५ प्रतिशत कुन हो भन्ने भ्रम फैलिएको  छ । 

यता कम्पनीका एक्टिङ डिजिएम रविन्द्र तिम्लिसेनाले भने सञ्चालक समितिमा सञ्चालक समितिले प्रस्ताव गरेको बोनसबारेमा छलफल भइरहेको आर्थिकन्यूज डटकमलाई जानकारी गराए । यता नेप्सेका प्रमखु कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने कम्पनीले पाठएकोे सूचनाको आधारमा नेप्सेले मुल्य समायोजन गरेको जानकारी दिए । उनले भने, ‘कम्पनीले कति लाभांश दिने भनेर नेप्सेले दवाव दिन मिल्ने कुरा होइन र कम्पनीको सञ्चालक समितिले पठाएको सूचनाका आधारमा हामीले मुल्य समायोजन गर्ने हो ।’

 मूल्य समायोजन पछिको २५ प्रतिशतका आधारमा बजार मुल्य १०७० रुपैयाँ प्रति शेयर रहेको कम्पनीको मुल्य समायोजनपछि ८५६ रुपैयाँ प्रति शेयर कायम गरेको छ । यदि १० प्रतिशतमात्र बोनस शेयर हो भने बुक क्लोजपछिको मुल्य समायोजन गरिएको मुल्य ९७२।७३ रुपैयाँ प्रति शेयर हुन पर्ने थियो । 

कम्पनीको सञ्चालक समितिको गलत निर्णयका कारण आइतबार वोमी माइक्रोफाइनान्सको बजारमा धेरै लगानीकर्ता भ्रममा परेर फसेका पनि छन । आइतबार नेप्सेमा ६४ अंकोको गिरावट हुँदा पनि वोमीको शेयरमा लगानी गर्ने लगानीकर्ताको भिड नै देखिन्थ्यो कारण १५ प्रतिशत बोनस अब नयाँ लगानीकर्ताले पाउने भए भन्ने थियो । 

वोमीले नेस्सेमा गलत सूचना प्रवाह गरेर आम लगानीकर्तालाई भ्रममा पारेका कारण नेप्सेले आइतबार भएको सबै कारोबार रद्द गरेर कम्पनीलाई कारबाही गर्नृपर्ने वोमी माइक्रोफाइनान्सको आइतबार शेयर खरिद गर्ने लगानीकर्ताले बताएका छन । तर, कारबाहि गर्ने विषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भने कम्पनीको सञ्चालक समितिले बोनस दिने निर्णय गरेको हो त्यो विषयमा कम्पनीलाई नै सोध्नुहोस भनेर पन्छिए । 

प्रतिक्रिया दिनुहोस