aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमाको आईपीओ मंगलवारदेखि विक्री खुला हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
नेपाल पुनर्बीमाको आईपीओ मंगलवारदेखि विक्री खुला हुँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ७ गतेसम्म र ढिलोमा चैत १८ गतेसम्म रहेको छ । आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । साथै, आवेदकले  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष बलियो रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. १० अर्ब पुग्नेछ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ५६ छ । 
 

प्रतिक्रिया दिनुहोस