
काठमाडौं । बजाजको नयाँ शोरुम प्यूठानमा उद्घाटन गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “न्यू विज्ञान सप्लायर्स” को उद्घाटन गरेको हो ।
अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन न्यू विज्ञान सप्लायर्स, प्यूठानका प्रोपराइटर सुशील कर्माचार्यलाई डिलरसीप प्रदान गरिएको छ ।
ग्राहकहरुलाई खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्दछ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस