aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । सोमवारसम्म कायम शेयरधनीले यी दुई कम्पनीको लाभांश पाउनेछन् । 

नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा चैत २१ गते एयरपोर्ट होटल सिनामंगलमा हुँदैछ । कम्पनीले शेयरधनीलाई  ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, महिला सहयात्रा लघुवित्तले चैत २२ गते ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा आयोजना गरेको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया दिनुहोस