
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो ।
द्धनेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ३९६ दशमलव १९ रुपैयाँ र महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ६८२ दशमलव ७३ रुपैयाँ तोकेको छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा चैत २१ गते एयरपोर्ट होटल सिनामंगलमा हुँदैछ । कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, महिला सहयात्रा लघुवित्तले चैत २२ गते ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा आयोजना गरेको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस