aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमाको आईपीओमा ३ अर्बको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
नेपाल पुनर्बीमाको आईपीओमा ३ अर्बको आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपिओमा माग भन्दा झण्डै दुई गुणा धेरै आवेदन परेको छ । कम्पनीको आइपीओमा बिहिवारसम्म करिब ३ अर्ब रुपियाँ बराबरको आवेदन परेको छ । २ करोड ९५ लाख ७८ हजार ४१० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा दुई गुणा धेरै आवेदन हो । यसमा २ लाख २९ हजार ६४० जनाले आवेदन दिइसकेका छन् । 

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपियाँ बराबरको शेयर निष्कासन गरेको थियो । जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।
 
बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्तामा मात्र सर्वसाधरणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको हो । यो आइपीओ चैत ७ गते बिक्री बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस