
काठमाडौं । नेपाल पुनर्वीमा कम्पनीको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको बताएको हो । विक्री प्रबन्धकका अनुसार बिहीबार पाँच बजेसम्ममा २ लाख ९१ हजार २६४ जना आवेदनकबाट ३ अर्ब ८५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले चैत ४ गतेदेखि छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्मका आईपीओ विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ३ हजार ५ सय कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।
यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिने व्यवस्था छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरा शेयर एप मार्फत दिन सकिनेछ ।
यस आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन पछि पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ दशमलव ५६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस