
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित, प्रयोगात्मक परीक्षा र वर्ग थप गर्ने स्थगित गरेको छ । विभागले जारी गरेको सूचनामा चैत १३ गतेदेखि लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको जनाएको हो ।
कोरोना भाइरस(९कोभिड १९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ । साथै नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ । त्यस्तै, १३ वटा रुटमा नेपाल भारत मैत्री बस सेवा पनि स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस