
काठमाडौं । चैत ७ गते शुक्रवारका लागि तय गरिएको अपि पावर कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले हाललाई सभा स्थगित गरिएको कम्पनीको भनाई छ ।
कम्पनीले वार्षिक साधारण सभाका लागि तय भएका अन्य छलफलका विषय र बुक क्लोजको मिति भने यथावतनै रहने कमपनीले जानकारी दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि बुक क्लोज गरेको छ । यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।
यस कम्पनीले ४७ प्रतिशत हकप्रद विक्री गर्न बोर्डको अनुमति पाईसकेको छ । उक्त हकप्रदको लागि पनि कम्पनीले चैत १ गते बुक क्लोज गरेको छ । साथै, आगामी साधारण सभामा हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा ९१ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पेश गर्दैछ । यस अघि २ सय प्रतिशत हकप्रद विक्री गर्न बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गर्न बोर्डले स्वीकृति दिएको हो ।
प्रतिक्रिया दिनुहोस