aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इन्फिनिटी लघुवित्तको ६ लाख बढी कित्ता आइपिओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
इन्फिनिटी लघुवित्तको ६ लाख बढी कित्ता आइपिओ आउँदै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ७४ हजार कित्ता साधारण शेयर(आइपिओ) निष्कासन गर्ने भएको छ । सस्थाले जेठ १३ गते देखि आइपीओ विक्री खुल्ला हुने जनाएको छ ।

 कम्पनीले ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

आइपिओ निष्कासन बन्द मिति छिटोमा १६ र ढिलोमा असार १० गते तोकेको छ । कम्पनीले जारी गर्न लागेको आइपिओलाई रेटिङ ग्रेड ४ रपाएको छ । 
आइपीओको लागि निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ ।  धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ छ । साधारण शेयर  निष्कासन पश्चात पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले  २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । 
 

प्रतिक्रिया दिनुहोस