काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले भने चैत ३० गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि २५ जना भन्दा बढी भेला नहुन सरकारले निर्देशन दिइसकेको बेला अन्य कम्पनीहरु साधारण सभा डाक्ने वा नडाक्ने अन्योलता छाइरहेको बेला उक्त बैंकले भने साधरण सभा बोलाएको हो ।
बैंकले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०ः३० बजे सभा बोलाएको छ । बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा शेयरधनीहरुका लागि चुक्तापूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।
साधारण सभा प्रयोजनको लागि बैंकले चैत १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ९ गतेसम्मका नेप्सेमा कारोबार भई चैत १६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस