aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी लाईफको चार दिने तालिम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
महालक्ष्मी लाईफको चार दिने तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा देशै भरिबाट १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए।

जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक द्धय सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गर्नु भएको थियो।
 

प्रतिक्रिया दिनुहोस