aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्सको साधारण सभा वैशाख १ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
नेको इन्स्योरेन्सको साधारण सभा वैशाख १ गते

काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको चैत ८ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ८ दशमलव १६ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । 

सभाले संस्थापक समूहबाछ ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी पाँच जना संचालक निर्वाचन समेत गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस