
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको छब्बिसौं वार्षिक साधारण सभा बैंशाख २९ गते कार्की ब्याङ्केट बबरमहलमा हुने भएको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ नगद लाभांश –कर प्रयोजनको लागि) वितरण गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बैंशाख १२ गते देखि २९ गते सम्म बन्द रहनेछ ।
बैंशाख ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ छ । ४ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस