aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने अवधि थप

काठमाडौं । एनएलजी इन्स्योरेन्सले फागुन २२ गतेदेखि विक्रीमा ल्याएको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यस अघि चैत १२ गतेसम्मको मिति तय गरेपनि अहिलेको परिस्थितिलाई ध्यानमा राखी चैत २७ गतेसम्म अवधि थप गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

हकप्रद विक्रीको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते कम्पनीले स्वीकृति पाएको थियो । यो हकप्रद माघ २६ गतेसम्मका कायम शेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । 

कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड ४ लाख ६ हजार २५०  रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी. १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस