
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । दुवै कम्पनीले सोमवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका छन् ।
हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको दुवै कम्पनीले सूचनामार्फत जानकारी दिएका हुन् ।
नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २१ गते एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा ७१औं वार्षिक साधारण सभाको आयोजना गरेको थियो ।
त्यस्तै, वोमी लघुवित्तले चैत १६ गते २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न धुलिखेल काभे्रपलाञ्चोक स्थित जुगल होटलको साभाहलमा ८औं साधारण सभा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस