
कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । मंलगबार नेपाल धितोपत्र बोर्डले “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा नेपाल धितोपत्र बोर्डको तर्फबाट पचास लाख रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको हो ।
साथै यस विपत्तीको घडिमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसीलाई समेत आग्रह गरेको छ ।
्त्यस्तै क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन हुन समेत बोर्डले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस