
काठमाडौं । युनाइटेड इदी/मर्दी एण्ड आरवि हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सोमवारदेखि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।
कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाको वडा नं. ८ र ९ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याएको १० प्रतिशत अर्थात् ४ लाख २० हजार कित्ता निष्कासन गर्ने तयारी गरेको थियो ।
सरकारले कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु सञ्चालनमा रोक लगाएको हुँदा कम्पनीले आईपीओ निष्कासन गर्ने कार्य अर्को सूचना जारी नगरिएसम्मको लागि स्थगित गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । साथै, परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरि उक्त शेयरको सार्वजनिक निष्कासन तथा विक्री खुला गरिने समेत कम्पनीले भनाई छ ।
प्रतिक्रिया दिनुहोस