aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

तीन दिनभित्र चीनबाट औषधि र उपकरण नेपाल आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
तीन दिनभित्र चीनबाट औषधि र उपकरण नेपाल आउने

काठमाडौं । सरकारले तीनदिनभित्र चीनबाट नेपाललाई आवश्यक पर्ने औषधि र मेडिकल उपकरणलगायतका सामान ल्याउने भएको छ । भारतले पनि आज चैत १२ गतेदेखि लागू हुने गरी २१ दिन पुरै भारत लकडाउन गरेर अन्य देशमा यस्ता कुनै पनि सामग्री निर्यात नगर्ने भनेपछि चीनबाट औषधि तथा मेडिजन्य किड्सहरू ल्याउन लागिएको हो । 


मंगलबार बसेको सरकारी उच्चस्तरिय समन्वय समितिको बैठकले कोरोना भाइरस ‘कोभिड–१९) रोकथामका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरेर छिमेकी मुलक चीन र भारतबाट आवश्यक औषधि तथा उपकरण ल्याउने निर्णय गरेको हो । अब भने सरकारले तीन दिनभित्र चीनबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु « चीन  ल्याउने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । 

‘सरकारले आगामी शुक्रबार भित्र चीनबाट आवश्यक औषधि र उकपरण ल्याइसक्ने वातावरण बनाएको छ,’  मन्त्री ढकालले बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने‘आगामी ३ दिनभित्र मित्र राष्ट्र चीनबाट आवश्यक औषधि र उपकरण आईपुग्छन् । सरकारले यी सामान ल्याउने सबै प्रक्रिया पुरा गरिसकेको छ ।’

मन्त्री ढकालले त्यसरी ल्याईएका औषधि र उपकरण प्रदेशहरूमामा तत्काल पुर्याउने गरि आन्तरिक संयन्त्र समेत तयार भैसकेको जानकारी दिए  । उनले शुक्रराज सरुवा रोग अस्पताललाई माध्यम अस्पतालका रुपमा प्रयोग गरेर संक्रमित पत्ता लगाउने र उपचारका लागि पाटन अस्पताल प्रयोग गर्ने जानकारी पनि दिए ।

मन्त्री ढकालले अब निजी अस्पतालमा पनि क्यारेन्टाइन बनाइने पनि बताएका छन् । निजी अस्पताल सञ्चालकहरूले जनशक्ति सहित आफ्नो अस्पताल सरकारलाई आवश्यक क्यारेन्टाइन बनाउने दिन बताएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस