aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पुनर्बीमा कम्पनीको आईपीओको बाँडफाँड अनिश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
पुनर्बीमा कम्पनीको आईपीओको बाँडफाँड अनिश्चित

काठमाडौं ।  नेपाल पुनर्वीमा कम्पनीको आईपीओको बाँडफाँड अनिश्चित भएको छ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्गले मागभन्दा बढी आवेदन परिसकेकाले गत शुक्रबार विक्री बन्द गरेको थियो । कुल एक अर्ब ६० करोड आवेदन माग भएकोमा साढे ५ अर्बभन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीको आइपीओको आवेदन बन्द हुँदासम्म सबै वित्तीय संस्थाबाट आवेदन भर्नेको विवरण नआइसकेकाले कतिले आवेदन भरेभन्ने विवरण समेत पूर्ण नभएको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरप्रसाद रायमाझिले बताए । उनले भने, 'कम्पनीको आइपीओको आवेदन नसकिदै देशनै लकडाउनमा गएकाले अब १८ पछिको अबस्था कस्तो हुन्छ त्यसपछिमात्र आइपीओको बाँडफाँड कहिले हुने भन्न सकिने उनले बताए ।'   

 कम्पनीले चैत ४ गतेदेखि छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्मका आईपीओ विक्री खुला गरेको थियो । कुल कित्तामध्ये ३ हजार ५ सय कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा गर्ने व्यबस्था गरेको थियो । 

कम्पनीको आइपीओ जारी गर्नपूर्वको आन्तरिक तालिका अनुसार चैत १४ गते आइपीओको बाँडफाँड गर्ने भनिएको आरबिबि मर्चेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले  बताए । उनले भने, 'आइपीओ बाँडफाँडको विषयमा कुनै पनि छलफल हुन नै पाएको छैन बाँडफाँडका लागि धितोपत्र बोर्ड,सिडिएससी नेपाल स्टक एक्स्चेञ्ज लगायतका नियकायको रोहबरमा आइपीओ बाँडफाँड गर्नपर्छ त्यसका कारणले यो कोरोना भाइरसको अबस्थाले देशको अबस्था कता जान्छ त्यसपछि मात्र निर्णय हुन्छ ।' 

हाल कम्पनीको चुक्ता पूँजी  ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन पछि पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ  १४९ दशमलव ५६ रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस