aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हकप्रद र बोनसको लाभकर ५७ करोड ५९ लाख छुट !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ बैशाख २०७६
हकप्रद र बोनसको लाभकर ५७ करोड ५९ लाख छुट !

हकप्रद र बोनस शेयरको पूँजीगत लाभकरमा ५७ करोड ५९ लाख रूपैयाँ छुट पाएइकाृ महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ वार्षिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷७५ मा हकप्रद र बोनस शेयर विक्रीको गणनामा गलत गरिका अपनाइएका कारण सरकारले उक्त आम्दानी करमा गणना गर्न छुट भएको हो ।

महालेखा परिक्षकको वार्षिक प्रतिवेदन अनुसार त्यस वर्ष १४ अर्ब ८० करोड २१ लाख रूपैयाँको हकप्रद र बोनस शेयर विक्री भएको छ । त्यसमध्य २ अर्ब ३० करोड ४४ लाख रूपैयाँ कट्टा गरी १२ अर्ब ४९ करोड ७६ लाखमा ५ प्रतिशतले हुन आउने ६२ करोड ४९ लाख रूपैयाँ असुल हुनुपर्नेमा ४ करोड ९० लाख रूपैयाँ मात्र असुल भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आएकर ऐन २०५८ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।

लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद शेयरको अनुपातले समायोजना गरी औषत गणना गर्दा आउने अंकमा पुनः ३ पटकको बजार मूल्यको औसत लिाई कायम भएको आधार मूल्यलाई खर्च छुट दिने व्यवस्था छ । यो व्यवस्था लागू गर्ने निर्णय विक्रम सम्वत् २०६५ साल मंसिर २२ गतेको अर्थ मन्त्रीस्तर बैठकले गरेको हो ।

यो व्यवस्था पूँजीगत लाभ कर निर्धारण गर्ने अर्को व्यवस्थ नभएसम्मका लागि लागू भएको थियो । शेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको छ ।

यसरी अंकित मूल्यभन्दा बोनस तथा हकप्रद शेयरको वास्तविक लागत बढी समायोजन भई पूँजीगत लाभकर घटी दाखिला भएको महालेखाको ठ्म्याई छ । यसबाट परेको असर यकिन गरी राजश्व असुलीमा प्रभावकारीता ल्याउनुपर्ने आवश्यकता महालेखाले औल्याएको छ ।

प्रतिक्रिया दिनुहोस