
काठमाडौं, जेठ ३ । नेपाल इन्स्योरेन्स कम्पनीले बिक्री नभएको हकप्रद शेयर आइतबारदेखि लिलामीमा आउने भएको छ । फागुन २१ गतेदेखि चैत २५ गतेसम्म जारी हकप्रद शेयरमध्ये संस्थापकतर्फ २ हजार ५११ दशमलव ७३ कित्ता र सर्वसाधारणतर्फ १ लाख ४४ हजार ५९१ कित्ता शेयर बिक्री भएको थिएन ।
उक्त शेयरको न्यूनतम मूल्य सय रुपैयाँ कायम गरी जेठ १९ गतेसम्म लिलामीमा रहने कम्पनीले जनाएको छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस