aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फागुन महिनामा शेयर बजारमा थपियो साढे ९ करोड कित्ताभन्दा बढी नयाँ शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
फागुन महिनामा शेयर बजारमा थपियो साढे ९ करोड कित्ताभन्दा बढी नयाँ शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन महिनामा मात्र ९ करोड ५२ लाख ३१ हजार ३०७ दशमलव ९ कित्ता शेयर थपिएको छ । यस अवधिमा धेरै जसो कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । गत पुस मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रका अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको  वार्षिक  साधारण सभा सम्पन्न गरिसकेका छन् ।

 सोही सभाबाट पारित भएको बोनस शेयर १४ कम्पनीले सूचीकृत गरी कारोबार योग्य बनाएका हुन । फागुन महिनामा हिमाल दोलखा हाइड्रोको १ करोड ६० लाख कित्ता साधारण शेयर , लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र , कालिका लघुवित्तको १४ लाख ४३ हजार ३०० कित्ता मर्जर शेयर सूचीकृत भएको छ ।

 त्यस्तै युनाइटेड इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स र एनएमबि लघुवित्तको हकप्रद शेयर पनि फागुन महिनामै सूचीकृत भएको हो । फागुन महिनामा नेप्सेमा २० कम्पनीको शेयर सूचीकृत भएको देखिन्छ ।


 

प्रतिक्रिया दिनुहोस