
काठमाडौं। चीनको सिचुवान प्रास्तिय सरकार र अलिबाबा अनलाइनका संस्थाक ज्याक माले दिएको मेडिकल सामग्री लिएर नेपाल एअरको विमान नेपाल आइपुगेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने सामग्रीहरु आइतबार चीनबाट नेपाल आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्कीले पुष्टि गरेकी छन् ।
सरकारले ओबीसीआई प्राइभेट लिमिटेड नामक कम्पनीमार्फत झण्डै सवा एक अर्ब रुपियाँको स्वास्थ्य सामग्री नेपाल आइपुगेको हो । उक्त सामग्री चीनबाट आउने सामग्रीको पहिलो किस्ता भएको बताइएको छ । सामग्रीहरुमा सर्जिकल गगल्स, पीपीई गाउन, विरामी जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रियजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युब आदि रहेका छन् ।
प्रख्यात चिनियाँ व्यवसायीले ट्वीट गर्दै नेपाल सहित ९ वटा देशलाई १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने बताएका थिए । तर, उनले लेखेको ट्वीटम कुन देशलाई कुन र कति सामान दिइने हो भन्ने कुरा खुलाइएको छ थिएनन ।
नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिस, म्यान्मार, पाकिस्तान र श्रीलङ्कालाई सहयोग गर्ने आफ्नो ट्वीटमा उल्लेख गरेका थिए। ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस