
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी विरूद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मेटलाईफका सबै कार्यालयहरू भौतिक रूपमा बन्द रहने भएका छन् । विधुतिय माध्यमबाट सबै ग्राहकहरूलाई निरन्तर सेवा एवं सुरक्षा दिनका लागि विभिन्न कार्य योजनाहरु लागू गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु गर्ने जनाएको छ ।
१५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने फोन, फेसबुक र इ–मेल को मार्फत ग्राहकहरूलाई सम्पर्क गर्न सक्ने छन् ।
मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमाशुल्क भुक्तानी वा बीमा दावी सम्बन्धि, कुनै जानकारी वा सेवा आवश्यक परेमा फोन नम्बर, ई–मेल वा अनलाइन मार्फत सम्पर्क अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस