
काठमाडौं । नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक गरेको छ । कोभिड १९ का कारण अकडाउन भएर घरमै बस्नु पर्ने हुनाले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको हो ।
Maturity Claim सेवा मार्फत बीमितहरुले बीमा लेख Maturity हुने समयावधिको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । ःबतगचष्तथ को समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सकिने छ । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।
नेपाल लाइफले सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आप्mनो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।
बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप्mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा Virtual Office को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।
यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा÷उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम e-Sewa, Prabhu Pay रNepal Investment Bank मार्फत Online भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस