aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विलासिता नियन्त्रणमा सरकारको साहसिक कदम : ६० लाखभन्दा महँगो गाडी ल्याउनै नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
विलासिता नियन्त्रणमा सरकारको साहसिक कदम : ६० लाखभन्दा महँगो गाडी ल्याउनै नपाइने

काठमाडौं । विलासी वस्तुको आयातमा रोक्न सरकारले साहसिक कदम चलाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सवारी साधन आयात गर्दा ५० हजार डलर अर्थात्  ६0 लाख रूपैयाँ भन्दा माथि को गाडी ल्याउन नपाउने व्यवस्था गरेको हो ।

नेपालमा बढ्दै गएको अनावश्यक उपभोग र त्यही कारण बिग्रिदै गएको बाह्य सन्तुलनलाई हटाउन भन्दै सरकारले यस्तो निर्णय लिएको हो । साथै, बिदेशी मदिरा र स्वदेशमै उत्पादन हुनसक्ने सुपारी, केराउ, जस्ता वस्तुहरुको आयातमा पनि रोक लगाएको छ ।

कोरोना भाइरसका कारण विदेशबाट प्राप्त हुने रेमिट्यान्समा उच्च गिरावट आउने सम्भावनालाई मध्यनजर गर्दै देशको शोधानान्तर स्थिति बिग्रिन नदिन सरकारले बेलैमा आयात निरुत्साहन गर्ने नीति दिँदै यस्तो निर्णय लिएको हो । अहिले बजारमा ३ करोडसम्मका गाडीहरु बिक्रीका लागि राखिएका छन् । 

त्योभन्दा पनि महँगा गाडी पनि विशेष रुपमा माग गरेर ल्याउने प्रचलन समेत छ । तर याे निर्णयसँगै विलासी गाडीहरुकाे आयात ठप्प हुनेछ । यसले सरकारकाे स्राेत भने खुम्चने अनुमान गरिएकाे छ । 

प्रतिक्रिया दिनुहोस