aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अक्षय कुमारदेखि बाहुबली प्रभाससम्मले कोरोना कोषमा करोडौं सहयोग गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
अक्षय कुमारदेखि बाहुबली प्रभाससम्मले कोरोना कोषमा करोडौं सहयोग गरे

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ बाट आक्रान्त बनिरहेको भारतका लागि बलिउडका कलाकारहरुले करोडौ सहयोग गरेका छन् । भारतका सुपर स्टार कालाकारदेखि सामान्य कलाकारले समेत प्रधानमन्त्री केयर फण्डमा रकम जम्मा गरिहेका छन् । 

भातमा २१ दिनको लकडाउन लागू गरिएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीले नागरिकलाई सहायता र आपतकालिन अवस्थामा राहत जम्मा गर्न आग्रह गरेका थिए । 

यस्तो अवस्थामा सरकारको यो पहलमा धेरै बलिउड कलाकार र टिभी स्टारहरूले सहयोग गरिरहेका छन् । धेरै स्टारहरूले लाखौं करोड रूपैयाँ दिने निर्णय गरेका छन् । बलिउड कलाकार अक्षय कुमारले प्रधानमन्त्री केयर कोषमा २५  करोड अनुदान दिने घोषणा गरेपछि अन्य कलाकारले धमाधम सहयोगको घोषणा गरिरहेका छन् । 

बलिउड नायिका अनुष्का शर्माले श्रीमान विराट कोहलीसँगको क्वारन्टाइनमा आफ्ना दिनहरू रमाइलो गरिरहेकी छिन होला ?  तर, उनी पनि कोरोना भाइरसको कहरबाट जतिसक्दो चाँडो टाढा जान चाहन्छन् । गरिबहरूलाई सहयोग पु‍र्याउन अनुष्काले उनका श्रीमान कोहोलीले प्रधानमन्त्री कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो रकमको बारेमा भनेन । तर विराट र अनुष्काले ३० करोड चन्दा दिँदैछ भन्ने खबर छ ।

अभिनेता अर्जुन बिजलानीले प्रधानमन्त्री केयर कोषलाई ५ लाख रूपैयाँ सहयोग गरेका छन । रकम कोषमा राख्ने घोषणा गर्दै उनले ट्वीटमा लेखेका छन, ’मलाई थाहा छ यो समुद्रीमा भएको थोपा जस्तो छ, तर यस समयमा प्रत्येक थोपा आवश्यक छ।’

आयुष्मान खुरानाले पनि केयर कोषलाई सहयोग गर्ने घोषणा गरेको छन । बलिउड गायक र र्याप बादशाहले पनि प्रधानमन्त्री केयर कोषलाई २५लाख सहयोग गर्ने घोषणा गरेका छन्। उनले रकम दान गर्दै भने, यो पैसा हाम्रो देशलाई अझ शक्तिशाली बनाउनका लागि दिदैछु ।
संगीत कम्पनी टी(सीरीजका मा
लिक तथा फिल्म निर्माता भुषण कुमारले ११ लाख रूपैयाँ दिने निर्णय गरेको छन । निर्माता करण जौहरले पनि प्रधानमन्त्री केयर कोषलाई चन्दा दिने घोषणा गरेका छन्। तर उनले त्यो रकम खुलासा गरेका छैनन् ।

रितिक रोशन पनि कोरोनासँगको लडाईमा अगाडि आएका छन्। उनले मास्क बनाउन २० लाख रूपैयाँ दिएका छन्। हास्य कलाकार कपिल शर्मा पनि कोरोना भाइरससँगको युद्धमा योगदान पुर्‍याइरहेका छन्। उनले ५० लाख रूपैयाँ पीएम केयर फण्डलाई दान गर्दै छन्।

अभिनेता र होस्ट मनीष पालले प्रधानमन्त्री केयर कोषमा २० लाख रूपैयाँ दिने निर्णय गरेका छन् । उनले भने, आफ्नो बचतबाट चन्दा दिइरहेका छन् । कार्तिक आर्यनले आफ्नो भाषामा जनतालाई सचेत गराउँदैछन । उनले प्रधानमन्त्री केयरस कोषमा १ करोड दिने घोषणा गरेका छन् ।

केवल बलिउड र टिभी, भारतको दक्षिण चलचित्र उद्योगका स्टार पनि कोरोनासँग लड्न चन्दा घोषणा गरेका छन्। बाहुबली प्रभासले आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमंत्री राहत कोषलाई ५० ५० लाख रूपैयाँ दिने वचन दिएका छन्।

फेडरेशन अफ वेस्टर्न इंडियन सिने एम्प्लाइज (एफडब्ल्यूआईसीआई) का अनुसार, सलमान खानले उद्योगका २ ५,००० दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्। सलमान खान बीइंग ह्युमन फाउन्डेशनले दैनिक ज्याला मजदुरहरुलाई मद्दत गर्न अगाडि आएको छन । बीइंग ह्युमन फाउन्डेसनले भनेको छ, ती सबै कामदारहरूको हेरचाह गर्ने छ । तिनीहरूले यी २५००० मजदुरहरूको खाता विवरण मागेका छन, किनकि तिनीहरूको खातामा पैसा पुर्याउन चाहन्छन्।

दक्षिण सुपरस्टार महेश बाबूले कोरोनासँग संघर्ष गरिरहेका  परोपकारी कामदार र दैनिक ज्याला मजदुरहरूलाई सहयोग   पुर्याउन २५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले आफ्ना सहयोगीहरुलाई चन्दा दिन आग्रह समेत गरेका छन । तर, नेपालमा भने यस्ता दावी कलाकारहरु अहिलेसम्म देखिएका छैनन । 

प्रतिक्रिया दिनुहोस