aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना कोषमा सीआईटीको १ करोड २५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
कोरोना कोषमा सीआईटीको १ करोड २५ लाख सहयोग

काठमाडौं । नागरिक लगानी कोष(सीआईटी)ले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने भएको छ । सीआईटी संचालक समितिको आज सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको उक्त कोषमा सहयोग रकम उपलब्ध गराउन लागेको हो । 

उक्त रकम संचालक समितिका अध्यक्ष एवम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलव र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे । यसका साथै सीआईटीमा कार्यरत अधिकृतहरूले ७ दिन, अन्य अधिकृतहरूले ५ दिन र सहायक स्तरका कर्मचारीहरूले ३ दिनको तलव बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस