aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आज नेपाल लाइफको साधारण सभा हुँदै, लाभांश प्रस्ताव सहित वार्षिक प्रतिवेदन पेश हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
आज नेपाल लाइफको साधारण सभा हुँदै, लाभांश प्रस्ताव सहित वार्षिक प्रतिवेदन पेश हुने

विरगञ्ज । नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित ४८.५० प्रतिशत लाभांश पेश हुने छ । कम्पनीले लाभांश सहित विविध प्रस्ताव पारित गर्न आज शनिबार वार्षिक साधारण सभा बोलाएको हो ।

 बीरगञ्जमा विहान ९ः३० मा सुरू हुने सभामा २३ दशमलव ५० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्ने कार्यक्रम छ । साथै गत वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम समेत रहेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि बुक क्लोज गरेकाले वैशाख १८ गतेसम्म कायम सदस्यहरु सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस