aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीको हकप्रद शेयर विक्री रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
दुई कम्पनीको हकप्रद शेयर विक्री रोकियो

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण दुई कम्पनीहरुले हकप्रद शेयर निष्कासनलाई रोकेका छन् । हकप्रद शेयर विक्री गर्न मिति तय गरिसकेको  शिखर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर विक्रीलाई रोकेका हुन । 

शतप्रतिशत हकप्रद शेयर विक्री गर्न माघ २१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको गुराँस लाइफले चैत २० गते बिहीबारदेखि विक्री खुला गर्ने तयारी गरेको थियो । कम्पनीले बिहीबारनै सुचना जारी गरी अर्को सुचना जारी नभएसम्मका लागि विक्री प्रकृया रोकिएको जानकारी गराएको छ । गुराँस लाइफले हाल कायम चुक्तापूँजी  ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा शतपतिशत हकप्रद विक्री गर्न लागेको थियो । 

त्यस्तै चैत १३ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारीमा रहेको शिखर इन्स्योरेन्सले पनि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । शिखरले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न नियामक बोर्डबाट माघ ४ गते स्वीकृति पाएको थियो । शिखरले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस