aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्सको हकप्रद विक्रीमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्सको हकप्रद विक्रीमै

काठमाडौं । गत फागुनमै विक्री खुला गरेको प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर विक्रीमै रहेको छ । सरकारले आव्हान गरेको लकडाउन पूर्वनै विक्री खुला भएका कारण यी कम्पनीहरुको हकप्रद निरन्तर विक्रीमा रहेका हुन । प्राथमिक बजारमा जारी भएको हकप्रद शेयर खरिद अनलाईन मार्फतनै खरिद गर्न सकिने हुदाँ समस्या नभएको कम्पनीहरुले प्रष्ट पारेका छन् । 

प्रुडेन्सियलले फागुन १८ देखि चैत २३ गतेसम्मका लागि ६० प्रतिशत हकप्रद विक्रीमा ल्याएकोमा अर्को सुचना जारी नभएसम्मका लागि निरन्तरता दिने बताएको हो । त्यस्तै , एनएलजी इन्स्योरेन्सले फागुन २२ देखि चैत १२ गतेसम्मलाई विक्री गर्ने भनिएको ६० प्र्रतिशत हकप्रद विक्री अवधि थप गरी चैत २७ गतेसम्म कायम गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस