
काठमाडौं । चिनबाट पुन अर्को लट सामान लिएर आज विहान नेपाल एअर लाइन्सको विमान काठमाडौं आइपुगेको छ । चीनको ग्वाङ्झाओबाट मेडिकल सामग्री नेपाल एयरलाइन्सको वा जहाज काठमाडौं आइपुगेको हो । नेपाल एयरलाइन्सको ए ३३० जहाज बिहीबार राती काठमाडौं अवतरण गरेको बताइएको छ ।
उक्त जहाजमा निजी क्षेत्रका केहि व्यापारीको, चौधरी फाउन्डेसन र नर्भिक अस्पतालको सामान रहेको बताइएको छ । सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए । सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस