aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लक्ष्मी हुन्डाईद्वारा “हुन्डाई केयर” कार्यक्रमको शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
लक्ष्मी हुन्डाईद्वारा “हुन्डाई केयर” कार्यक्रमको शुरु

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले “हुन्डाई केयर” नामक एक नयाँ कार्यक्रमको शुरु गरेको छ । कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गर्दै यो कार्यक्रम शुरु गरेको हो। 

यस कार्यक्रममा हुन्डाईका ग्राहकहरुलाई यस कठिन् समयमा आफ्नो सवारीसाधनको मर्मतमा कुनै पनि कठिनाईहरू आएमा सहायता प्रदान गर्नेछ ।  

“हुन्डाई केयर” कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको छ । यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ ।  

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको मानवताको प्रगतिको प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस