aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

यस्तो पो कम्पनीः कम्पनीको ५ करोड शेयर कर्मचारीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
यस्तो पो कम्पनीः कम्पनीको ५ करोड शेयर कर्मचारीलाई

एजेन्सी ।  भारतको दोस्रो ठूला सूचना प्रविधि कम्पनी इन्फोसिसले आफ्ना कर्मचारीलाई ५ करोड शेयर दिने भएको छ । कर्मचारीलाई दिएको शेयर कम्पनीको इक्वीटी शेयर पुँजीको १.५ प्रतिशत हुन आउँछ ।   

इन्फोसिसको सञ्चालक मंडलले कर्मचारीलाई  विस्तारित स्टक कार्यक्रम २०१९ अन्तरगतको योजना अनुसार शेयर दिने मञ्जुरी दिएको छ । ५ करोड शेयर कर्मचारीको उनीहरुको कामको प्रगति हेरेर बाँडफाँड गरिने छ । 

भारतीय शेयर बजारलाई दिइएको सूचना अनुसार इन्फोसिसले ताजा शेयर बाँडफाँड कार्यक्रम २०१९ प्लान कम्पनीको २०१५ को कार्यक्रमभन्दा फरक हुने बताएको छ । २०१५ मा कर्मचारीहरुको काम गरेको समय अवधिका आधारमा गरिएको थियो । २०१९को शेयर बाँडफाँड भने कामको आधारमा गरिने बताइएको छ । 

मार्च अर्थत यो त्रैमासमा इन्फोसिसमा करिब २.२८ लाख कर्मचारी काम गरिरहेका छन् । र यो त्रैमाससम्ममा कम्पनी छोड्ने कर्मचारीको दर २०.४ प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिमा १९.५ प्रतिशत थियो । 

इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत तथा एमडी सलिल पारिखले वार्षिक कामको प्रगतिका आधारमा १० करोड रुपैयाँ मुल्यको रेस्ट्रिक्टेड स्छक युनिट दिइने छ । त्यस्तै कम्पनीका सिओओ प्रविणले ४ करोड बराबर मुल्यको शेयर कर्मचारीलाई वितरण गर्ने छन् । 
 

प्रतिक्रिया दिनुहोस