
काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्न मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूले सो बराबरको रकम सहयोग गर्ने भएका हुन् ।
मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफका अनुसार “सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो । मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ । हामी जुन समुदायहरूमा काम गर्छौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ ।”
मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । यसले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग र्पुयाउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहेनछ ।
यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् । साथै कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस