aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेटलाइफ फाउन्डेशनद्धारा २५ मिलियन डलर सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ चैत्र २०७६
मेटलाइफ फाउन्डेशनद्धारा २५ मिलियन डलर सहयोग

हङकाङ  । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउन्डेशनले हिजो घोषणा गरे अनुरुप २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको  छ ।  मेटलाइफ फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुने कम्पनीले जनाएको छ । 

मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलाफका अनुसार सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य रहेको बताएका छन । मेटलाइफ फाउन्डेशनले कोरोना भाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको जनाएको छ । 

मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले अत्याश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खाद्यान्य, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ ।  कमआय आर्जन भएका र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पुर्याउने रहेको जनाएको छ । 

मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा छ । साथै कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन्। ।

मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । मेटलाइफ फाउण्डेशनले स्थापनाकालदेखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको जनाएको छ । 

मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९ मिलियन भन्दाबढी कम आय भएका व्यक्तिसम्म पुगसिकेको कम्पनीले दावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस