aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ चैत्र २०७६
लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प

 काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ । सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ ।

 उक्त चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन भनेर जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्ने कम्पनीले जनाएको छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । 

कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्पले पालना गरेको जनाएको छ । यो अवधिमा ग्राहक वर्गमा आफ्नो सुजुकी गाडीको अवस्था सम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यान आकर्षित भएको जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस