aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमाको आईपीओ यहि हप्ता बाँडफाँड हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
नेपाल पुनर्बीमाको आईपीओ यहि हप्ता बाँडफाँड हुँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ यहि हप्ताभित्र बाँडफाँड हुने भएको छ । कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । गत चैत १४ गते बाँडफाँडको तयारी गरेको भएपनि लकडाउनका कारण बाँडफाँड हुन सकेको थिएन । आम सर्वसाधारणको माग भन्दा बढी रकम रोक्का रहेको अवस्थामा जस्तो सुकै विकल्प अपनाएर पनि शुक्रबार आईपीओ बाँडफाँट गर्ने तयारी कम्पनीले गरेको हो ।

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरप्रसाद रायमाझिले भने, 'आम सर्वसाधारणको रकम फसेको हुनाले यही हप्ताभित्र पनि चाडौ बाँडफाँड गर्ने तयारीमा हामी लागेका र्छौ, बैंक तथा वित्तीय संस्थाहरुले शेयर भर्नेहरुको विवरण पठाउन ढिला गरेका कारण बाँडफाँडमा पनि केहि अप्ठ्यारो परेको हो । ' 

शेयर बाँडफाँट प्रकृया विद्युतिय प्रणालीमार्फत हुने भएपनि बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड , बजार सञ्चालक नेपाल स्टक एक्सेञ्ज (नेप्से) , सिडिएस एण्ड क्लियरिङ् लिमिटेड, विक्री प्रबन्धक लगाएत पारदर्शीताका लागि केहि सञ्चार माध्यमहरुको समेत उपस्थिति हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था मिलाउने प्रयासमा कम्पनी रहेको प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले बताए । 

 कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको हो । यस वाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । सर्वसाधारणले यस आईपीओमा रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन् । जुन माग भन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रकम बढी हो । यस आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन परेको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङले जानकारी दिएको छ ।

हाल रू. ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस