
काठमाडौं । कालीमाटी तरकारी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि खुद्रा व्यापारीलाई तरकारी किन्न रोक लगाईएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले संचालन गर्दै आएको उक्त बजारमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै खुद्रा व्यापारीलाई तरकारी किन्न रोक लगाईएको हो ।
उपभोक्तालाई सहज पार्न भन्दै काठमाडौं महानगरपालिकाले महानगरभित्रका ११ स्थानमा अस्थायी फलफूल तथा तरकारी बजार राख्ने भएको छ।
महानगरपालिकाले सोमबार गरेको निर्णयअनुसार कलंकी, बाफल, स्वयम्भु, वनस्थली, गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल, तिनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरमा अस्थायी तरकारी बजार राख्न लागेको हो।
यी ११ स्थानका चोकमा तरकारी बजार राखिने महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस